को बन्ला नेबिसंघको महामन्त्री ?

काठमाडौं । नेपाली कांग्रेसको नेता उत्पादन गर्ने थलो नेपाल विद्यार्थी संघ (नेबिसंघ) मा धेरैलाई चासो छ को बन्ला महामन्त्री । गत चैत १ गते नेबिसंघको अध्यक्षमा दुजाङ शेपालाई पार्टी सभापति शेरबहादुर देउवाले मनोनयन गरे । त्यस पश्चात अब बन्ने केन्द्रीय समितीमा महामन्त्रीको आकांक्षीहरूको चर्चा चल्न थालेको छ।
विभिन्न समुहका विद्यार्थी नेताहरु महामन्त्रीका लागि पार्टीका शिर्ष नेताहरुसँग आफु योग्य भएको भन्दै लबिङ र दाबी पनि गरिरहेका छन् । अर्को कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले अब बन्ने तदर्थ समितिमा ३२ वर्षको उमेर हदबन्दी लागू गर्ने निर्णय गरेको थियो।
नजिकै आएको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर नेपाली कांग्रेसले यथासिघ्र नेपाल विद्यार्थी संघको समितिलाई पूर्णता दिने तयारी गरेको छ।
प्लेन समिति ल्याउने तयारी गरेता पनि विद्यार्थी नेताहरुको दवाब र संघको १२ औं महाधिवेशन सम्पन्न गर्नको लागि समितिमा अनुभवी नेताहरुको पनि सहभागिता आवश्यकता रहेकोले पूर्ण समिति ल्याउने कुरामा पार्टीका नेताहरु सकारात्मक रहेका छन्।
महामन्त्री पदमा पूर्व केन्द्रीय सदस्य पूजन गन्धर्व,गीता गुरुङ, प्रेम शाही र प्रेमिका राना मगर लगायत नेताहरुको दावी गरेका छन् । मुख्य दावेदार मानिएका चारै जना संघको ११ औं महाधिवेशन बाट निर्वाचित केन्द्रीय सदस्यहरू हुन्।
यस मध्ये गुरुङ र शाही (संस्थापन समूह) का सभापति शेरबहादुर देउवा निकट हुन । भने गन्धर्व र राना संस्थापन इतर समूहका हुन्। गन्धर्व पूर्व महामन्त्री डा. शशांक कोइराला निकट छन् भने राना सभापतिका प्रत्यासी डा.शेखर कोइराला निकट छिन्।
अध्यक्षकै बलियो दाबेदार मानिएको गुरुङ र शाही अध्यक्षमा दुजाङ शेर्पा चयन भएपछि महामन्त्री बन्ने सम्भावना रहेको बुझिन्छ। युवा विद्यार्थी माझ लोकप्रिय सोलुखुम्बुकी गुरुङ नेपाली काँग्रेस प्रदेश न १ को सदस्य पनि रहेकी छन् । भने गएको १४ औं महाधिवेशनको महाधिवेशन प्रतिनिधि पनि हुन् । शाही कर्णाली प्रदेश दैलेखका हुन।
त्यसैगरी, तनहुँका गन्धर्व सामाजिक विकृति, विसंगति र पार्टी भित्रको अलोकतान्त्रिक गतिविधि बारे पार्टी नेतृत्व प्रति नै कडा प्रहार गर्ने स्पष्ट वक्ताको रुपमा विद्यार्थीहरु माझ लोकप्रिय छन्। इलामकी राना राम्रो छबि भएकी नेतृको रुपमा चिनिन्छिन् ।
राना पनि गएको १४ औं महाधिवेशनको महाधिवेशन प्रतिनिधि हुन।
यता पार्टीका महामन्त्री विश्व प्रकाश शर्मा निकट टेकराज अवस्थी र महामन्त्री गगन थापा निकट टपेन खड्का पनि बलियो महामन्त्रीको दाबेदार हुन । विधानले २ ओटा महामन्त्रीको व्यवस्था गरे पनि सबै समूहको नेताहरु समेट्न पर्ने परिस्थितिमा नेपाली कांग्रेसले नेविसंघमा बहुसङ्ख्यक महामन्त्रीहरु चयन गर्दै आएको छ।














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया