नेपाल बैंकले देशभर मनायो ‘ग्लोबल मनी विक’

काठमाडौँ । नेपाल बैंक लिमिटेडले देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी ‘ग्लोबल मनी विक’ सम्पन्न गरेको छ । बैंकले वित्तीय सेवाको पहँुच विस्तार गर्ने र हरेक वर्ग तथा क्षेत्रका मानिसलाई वित्तीय चेतना प्रदान गर्ने गरी कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
बैंकले सबै प्रदेशअन्तर्गतका शाखाले विद्यार्थी, महिला, किसान, उद्यमीलगायत समाजका विभिन्न वर्गका व्यक्ति लाभान्वित हुने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको जनाएको छ । बाग्मती प्रदेशअन्तर्गत १७, लुम्बिनी प्रदेशअन्तर्गत २५, प्रदेश १ अन्तर्गत २३, मधेश प्रदेशअन्तर्गत १९, सुदूरपश्चिम र कर्णाली प्रदेशअन्तर्गत ३ वटा शाखामा गरी कूल ८७ वटा स्थानमा कार्यक्रम सञ्चालन गरिएको हो । ती कार्यक्रममा करिब पाँच हजार सहभागी भएका थिए ।
हालसम्म बैंकले आफ्ना १६० शाखाबाट करिब १५ हजार सहभागीलाई वित्तीय साक्षरता प्रदान गरिसकेको छ । बैंक नेपालभर २१३ शाखाहरु, १५० एटिएमलगायतबाट सेवा दिँदै आएको छ ।

















एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
समानुपातिकमा तनहुँमा रास्वपा पहिलो
लमजुङमा ९ उम्मेदवारको जमानत जफत
जापानले लामो दूरीको मिसाइल तैनाथ गर्दै
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
इलाम–२ मा सुहाङको अग्रता कायमै
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
प्रतिक्रिया