नेपाल टेलिकमले ल्यायो आकर्षक अफरहरू

काठमाडौँ । नेपाल टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने किफायती मूल्यका अल नेट भ्वाइस प्याक उपलब्ध गराउने भएको छ । हाल उपलब्ध भइरहेका विभिन्न प्रकारका अननेट भ्वाइस प्याक कायम राख्दै तिनमा थप सुविधा उपलब्ध गराउन लागेको हो ।
यसका साथै सेवाग्राहीको चाहनालाई ध्यान दिँदै कम्पनीले उपलब्ध गराइरहेका विभिन्न प्रकारका सजिलो अनलिमिटेड पोस्टपेड प्याक, सजिलो अनलिमिटेड प्रिपेड प्याक र सीयूजी प्याकलाई ग्राहकमैत्री र आकर्षक बनाइएका छन् । नयाँ व्यवस्थाअनुसार जुनसुकै नेटवर्कमा पाँच सय मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक २६५ मा र एक हजार २०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक पाँच सय ५० मा उपलब्ध गराइएको छ ।
यसैगरी बिहान ५ देखि साँझ ५ बजेसम्म कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट डे भ्वाइस प्याक र राति १० देखि बिहान ७ बजेसम्म जुनसुकै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट नाइट प्याक २५ रुपैयाँमा खरिद गर्न सकिन्छ । साथै, आवश्यकताअनुसार बिहान ५ देखि साँझ ५ बजेसम्म १२ रुपैयाँमा ३० मिनेट र १५ रुपैयाँमा १२० मिनेट जुनसुकै नेटवर्कमा कुराकानी गर्न सकिने अल नेट डे भ्वाइस प्याक उपलब्ध हुनेछ ।
कम्पनीले उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याक थप आकर्षक बनाइएका छन् । जम्मा ५९९ रुपैयाँमा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा २५० मिनेट कुराकानी गर्न सकिने छ । साथै प्रतिदिन एक जीबी डाटा चलाउन सकिने छ ।
साथै, ७९९ रुपैयाँमा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा पाँच सय मिनेट कुराकानी गर्न सकिने र दुई सय वटा सन्देश पठाउन सकिने व्यवस्था छ । यो प्याकमा प्रतिदिन एक जीबी डाटासमेत चलाउन सकिन्छ ।
यस्तै, ९९९ र १४९९ रुपैयाँका प्याकमार्फत कम्पनीभित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिनुका साथै अबदेखि अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिने (अल नेट अनलिमिटेड) सुविधा उपलब्ध हुनेछ । त्यसैगरी यी प्याकमा क्रमशः प्रतिदिन दुई जीबी र चार जीबी डाटा तथा चार सय वटा र हजार वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।
यी प्याकहरु पोस्टपेड मोबाइलमा ३० दिन र प्रिपेड मोबाइलमा २८ दिनका लागि उपलब्ध हुनेछन् ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया