नेपालले दियो पीएनजीलाई २०४ रनको लक्ष्य

काठमाडौं । युवा ब्याटर दीपेन्द्रसिंह ऐरी र डेब्यु खेल खेलिरहेका आदिल आलमको आक्रामक ब्याटिङप्रेरित नेपालले त्रिदेशीय टी–२० शृंखलामा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध २०४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ रनको योगफल खडा गर्यो ।
नेपालबाट आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका दीपेन्द्रले ३३ बलमा तीन चौका र चार छक्कासहित ६६ रन बनाउदा आदिलले ११ बलमा एक चौका र तीन छक्कासहित ३१ रन बनाए ।
त्यसअघि नेपालका ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले क्रमशः १७ र ३८ रन जोडेका थिए । यसबाहेक, नेपाली टोलीको खातामा रोहितकुमार पौडेलले ४१ रन थपे ।
यस्तै, करण केसीले एक रन बनाउदा दीलिप नाथ डकआउट भए । पीएनजीका कबुअ मोरेआले तीन विकेट लिए । त्यस्तै, रिले हाकुरेले दुई तथा नोर्मान भानुअ र नोसैना पोकनाले समान एक विकेट लिए ।
नेपाल आजको खेल जित्दै एक खेल अगावै फाइनल पुग्ने योजनामा छ ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया