क्रेनको ठक्करबाट बालिकाको मृत्यु, शान्तिपूर्ण समाधान गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले सर्लाही जिल्लाको बागमती नगरपालिका ७ निमी चोकमा भएको घटनापछि र्सिजित परिस्थितिलाई शान्तिपूर्ण रूपमा समाधान गर्न निर्देशन दिएका छन् ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई टेलिफोन गरी स्कुले बालिकाको हाइड्रो क्रेनको ठक्करबाट मृत्यु भएपछि सृजित परिस्थितिलाई बल प्रयोग नगरी शान्तिपूर्ण रूपमा समाधान गर्न निर्देशन दिएका हुन् ।
प्रजिअ गौतमले गृहमन्त्रीबाट शान्तिपूर्ण रूपमा परिस्थितिको समाधान गर्न निर्देशन भएको जानकारी दिए । ‘घटनाबाट र्सिजित परिस्थितिको शान्तिपूर्ण रूपमा समाधान निकाल्न मन्त्रीज्यूबाट निर्देशन भएको छ, हामीले त्यसैअनुरूप सबै पक्षसँग वार्ता र छलफल गरेर समस्याको निराकरण गर्ने प्रयास गरिरहेका छौँ,’ प्रजिअ गौतमले भने ।
बिहीबार मध्यान्हतिर बागमती न.पा.७ निमी चोकको भित्री सडकमा गाजली चोकबाट बागमतीतर्फ जाँदै गरेको हाइड्रो (क्रेन)ले बागमतीबाट गाजली चोकतर्फ आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकल यात्री १७ वर्षीय सुमित्रा परियारको घटनास्थलमा नै मृत्यु भएको थियो ।
बालिकाको मृत्यु भएपछि घटनास्थलमा भेला भएका मृतकका आफन्त, स्थानीय बासिन्दा र स्कुले विद्यार्थीहरूले ठक्कर दिने क्रेन जलाइदिएको र सडक अवरुद्ध गरेको सर्लाही प्रहरीले जनाएको छ ।
प्रहरीले भिडलाई नियन्त्रणमा लिन र सडक खुलाउन ६ राउण्ड अश्रुग्यास फायर गरेको छ । घटनामा केही घाइते भएका छन् । प्रजिअ गौतमले क्रेन चालकलाई नियन्त्रणमा लिइएको र घटनालाई साम्य बनाउन सर्वपक्षीय छलफल भइरहेको जानकारी दिए ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रतिक्रिया