आइतबार, माघ ११, २०८२

दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु

मेरोन्यूज २०७८ चैत १७ गते १७:३२

पर्सा । जिल्लाको पोखरिया नगरपालिका ३ मा बिहीबार दुई मोटरसाइकल ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार ना ३ प १०२६ र प्रदेश २ ०३ ००४ प ७४७६ नम्बरको मोटरसाइकल बिहीबार बिहान सवा १० बजे ठोक्किएका थिए ।

दुर्घटनामा मोटरसाइकल चालकहरू धोवीनी गाउँपालिका २ गुलरियाका ३५ वर्षीय ललनप्रसाद कुर्मी र सखुवाप्रसौनी गाउँपालिका ५ बस्ने २९ वर्षीय हसिन्द्र सहनीको घटना स्थलमै मृत्यु भएको हो ।

घटनामा घाइते भएका दुई जनाको विरगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया