एआईजी बढुवा प्रकरण : सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट, २० गते तोकियो पेसी

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर भएको रिटमा आगामी २० गतेलाई पेसी तोकिएको छ । बिहीबार जुनियर डीआईजीहरूलाई बढुवा गरेको भन्दै तीन सिनियर डीआईजीले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको थिए ।
डीआईजीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले बढुवाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा बिहीबार रिट दर्ता गराएका हुन् । लोक सेवाले उनीहरूको उजुरीमाथिको जानकारी लिखित रुपमै दिएका थिए । चैत १ गते गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवाका लागि सिफारिस गरेको थियो ।
तर, आफूभन्दा जुनियर डीआईजीद्वय सिंह र धानुकलाई एआईजी बनाउन सिफारिस गरेको भन्दै उनीहरूले बढुवामाथिको उजुरी सुन्ने समितिमा उजुरी दिएका थिए । उक्त उजुरीमाथि कारबाही गर्दै लोक सेवा आयोगका अध्यक्ष रहेको उजुरी सुन्ने समितिले बढुवा सिफारिस समितिको निर्णयलाई नै सदर गरेको थियो ।
चैत १ गते गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवाका लागि सिफारिस गरेको थियो । आजै मात्रै सरकारले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेकै दिन तीनै जनाले दर्ज्यानी चिन्ह लगाएका छन् । बिहीबार पन्त, सिंह र धानुकले दर्ज्यानी चिन्ह लगाएका हुन् ।















Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
मलेखु–मुग्लिन सडक आजदेखि राति ६ घण्टा बन्द हुने
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
China pledges support for Nepal’s economic transformation with new government
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
प्रतिक्रिया