भोलि दिउँसो १ः२५ बजे प्रधानमन्त्री देउवा भारत प्रस्थान गर्ने
मेरोन्यूज
२०७८ चैत १७ गते १८:२८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा भोलि शुक्रबार तीन दिने भारत भ्रमणका लागि प्रस्थान गर्ने भएका छन् । उनी भोलि दिउँसो १ः२५ बजे नेपाल एयरलाइन्सको जहाजमार्फत भारत जाने भएका हुन् ।
भ्रमणमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ । यस्तै दुवै देशका प्रधानमन्त्रीको उपस्थितीमा केही समझदारी तथा सम्झौता पत्रमा हस्ताक्षर हुने भएको छ ।
प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा र कृषिमन्त्री महेन्द्रराय यादवलाई साथै जाने भएका छन् ।
भोलि दिउँसो ३ बजे भारतको राजधानी नयाँ दिल्ली पुगेका प्रधानमन्त्री देउवाको टोली २० गते साँझ ६ बजे स्वदेश फिर्ता हुने कार्य तालिका रहेको छ ।
सम्बन्धित
















निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
आज पनि घट्याे नेप्से, ४७ अंकले घट्दा काराेबार कति ?
पूर्वप्रधानमन्त्री ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ: स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया