बेगनास तालमा सिभिल बैंकको नगदरहित अभियान

काठमाडौँ । ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिँदै पोखराको बेगनास तालका २२० डुंगा व्यवसायीहरूलाई क्युआर कोड वितरण गरेको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. राम शरण खरेल, बेगनास ताल डुंगा व्यवसाय समितिका अध्यक्ष ढकनाथ कँडेल, फेवा ताल डुंगा व्यवसायी समितिका अध्यक्ष बुद्धि बहादुर नेपाली, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेललगायतको उपस्थिति थियो ।
कार्यक्रमको उद्घाटनमा बोल्दै नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. खरेलले नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन नगदरहित अभियान अपरिहार्य भएको बताए । यस्तै, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलले नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापी बनाउनु पर्ने बताए ।
यसैगरी, क्युआर कोडलाई अझ सशक्त रुपमा देशव्यापी रुपमा लैजाने र आगामी दिनमा पनि यस्तै खालको सेवा ल्याउँदै जाने कुरा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए ।















Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
मलेखु–मुग्लिन सडक आजदेखि राति ६ घण्टा बन्द हुने
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
China pledges support for Nepal’s economic transformation with new government
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया