आगलागी हुँदा एक करोड पच्चिस लाखको क्षति
मेरोन्यूज
२०७८ चैत १८ गते १९:२१
हुम्ला । जिल्लाको उत्तरी नाम्खा गाउँपालिका ४ मा रहेको याल्वाङमा आगलागी हुँदा पसल जलेर नष्ट भएको छ । छिरिङ पाल्जोर तामाङको पसल र होटेल रहेको एक तलाको दुईकोठे घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले जानकारी दिए ।
काठको टहराले बनेको पसलसहित दुई कोठा जलेर नष्ट हुँदा एक करोड २५ लाख बराबरको क्षति भएको याल्वाङ प्रहरी चौकीले जानकारी दिए । विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
पालिका केन्द्र याल्वाङमा तामाङले लामो समयदेखि पसल तथा होटेल व्यवसाय गर्दै आएका थिए । पसलमा भएका खाद्यान्न, लत्ता, कपडा, दैनिक उपभोग्यलगायत वस्तु सबै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक ओझाले बताए ।
सम्बन्धित
















प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
आज माघ १२ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल राशिफल ?
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया