राष्ट्रपति भण्डारीद्वारा हिमालयन हाइड्रो एक्स्पो उद्घाटन

काठमाडौँ । राष्ट्रपति विद्या भण्डारीले विद्युत उत्पादन, खपत र निर्यात व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदान वृद्धि गरी ‘समृद्ध नेपाल ः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्नु हाम्रो प्राथमिकताको विषय रहेको बताएकी छन् ।
शनिबार काठमाडौँको भृकुटीमण्डवमा आयोजित हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आयातित बिजुलीले केही वर्षअघि मात्रै लोडसेडिङबाट मुक्ति पाएको उल्लेख गर्दै उनले यसको दीर्घकालीन समाधान भनेको हाम्रो आफ्नै उत्पादन हुनु रहेको स्पष्ट पारेकी थिइन् ।
त्यस अवसरमा राष्ट्रपति भण्डारीले दुई छिमेकी मुलुक भारत र चीनमा पनि विद्युत व्यापारका लागि प्रशारण लाइन निर्माण गर्ने काम शुरु भएको भन्दै त्यसले मुलुकमा यस क्षेत्रको विकासका लागि लगानी गर्न प्रतिस्पर्धाको वातावरण बन्ने विश्वाससमेत व्यक्त गरिन् ।
‘विद्युतको आन्तरिक खपत गरी निर्यात गर्ने क्षमतासमेत हामी राख्दछौं, मुलुकको अधिकांश क्षेत्र हिमाली र पहाडी भएका कारण दू्रतगतिमा प्रवाह हुने धेरै नदीहरुले जलविद्युतको विकास र विस्तारमा ठूलो योगदान पुर्याउन सक्दछन,’ उनले भनिन्, ‘हाम्रो राष्ट्रिय ऊर्जा आवश्यक्ता पूरा गर्ने उद्देश्य राखेर जलविद्युत विकासका लागि योजनावद्ध प्रयास हुन थालेको समेत आधा शताब्दी भइसकेको छ, यी प्रयास भएता पनि जनताको ठूलो संख्याले अझै बिजुली बाल्न पाएका छैनन् भने हाम्रा उद्योगले आज पनि मागअनुसार बिजुली प्राप्त गर्न सकिरहेका छैनन् ।’

















दोलखामा रास्वपाका खरेल विजयी
धनुषा १ को मत परिणाम सार्वजनिक नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई आयोगको पत्राचार
सुडानको बजारमा ड्रोन आक्रमण हुँदा ३३ जनाको मृत्यु, दर्जनौँ घाइते
पाकिस्तानको उत्तर पश्चिममा विस्फोट, २ प्रहरीको मृत्यु, ३२ घाइते
तेहरान र अल्बोर्जमा अमेरिका–इजरायलको आक्रमण, ४ जनाको मृत्यु
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
प्रतिक्रिया