सोमबार, माघ १२, २०८२

माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

मेरोन्यूज २०७८ चैत २० गते १३:१४

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध सर्वाेच्चमा दर्ता गरेको मुद्दा हेर्न नमिल्नेमा परेको छ । नेकपा एमालेले दिएको रिटमाथि आइतबार सुनुवाइ हुने गरी पेशी तोकिएपनि न्यायाधीस नहकुल सुवेदीले उक्त मुद्दा हेर्न नमिल्नेमा रहेको बताएका छन् ।

न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा उक्त मुद्दाको पेशी तोकिएको थियो ।

तर न्यायाधीश सुवेदीले आफूले १४ सांसदमध्ये एक सांसद सोमप्रसाद पाण्डे संलग्न एक मुद्दामा आफूले आदेश गरेकाले अहिले उनीसमेत विपक्षी भएको रिटको सुनुवाइ गर्न नमिल्ने र आफुले हेर्न नमिल्ने भनी आइतबार उक्त इजालसमा सुनुवाइ नहुने जानकारी गराएका छन् ।

करिब सात महिनादेखि पटक-पटक यो रिटमाथीको सुनुवाई सदै सदैं आएको थियो । एमालेबाट निष्कासित १४ सांसदविरुद्धको मुद्दामा आज पूर्ण सुनुवाइका लागि पेसी तोकिएकोमा विपक्षीको तर्फबाट स्थगनको निवेदन पनि पेस भएको थियो ।

एमालेले भने उक्त इजलास ‘कम्फटेबल’ नभएपछि माधव नेपाल पक्षले आजको सुनुवाइ स्थगित गर्न खोजिको आरोप लगाउँदै आएको थियो ।

प्रतिक्रिया