बिहीबार, पुष १७, २०८२

हिरो मोटोकर्पद्वारा आफ्ना नेपाली ग्राहकलाई थप उत्साही बनाउँदै

मेरोन्यूज २०७८ चैत २० गते २०:३६

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले आफ्नो् उत्पादन पोर्टफोलियोलाई थप मजबुत बनाउँदै नेपाली बजारका लागि आफ्ना तीन लोकप्रिय उत्पादनहरुका बीएस– छैठौं सँस्करण ग्लामर एक्सटेक, म्यास्ट्रो एज १२५ र एक्सपल्स २०० फोरभी ल्याएको छ ।

हिरो मोटोकर्पको बीएस– छैठौं उत्पादनहरुमा एक्सेन्स प्रबिधि जस्ता सुबिधा उपलब्ध छन् र तीनले ग्राहकलाई परिष्कृत अनुभव प्रदान गर्नेछन । विविध एवं समग्र रुपमा नयाँ उत्पादनहरुले कम्पनीको नेपाली ग्राहकलाई उत्तम एवं सफा प्रबिधि सहितको तरुण, उत्कृष्ट र आधुनिक उत्पादनहरु उपलब्ध गराउन केन्द्रित छ भन्ने प्रदर्शन गर्दछ ।

नयाँ उत्पादनहरु हिरो मोटोकर्पका शोरुमहरुबाट आकर्षक मूल्यमा उपलब्ध हुनेछनः एक्सपल्स २०० फोरभी रु ४५०,०००, ग्लामर एक्सटेक रु २७६,००० र म्यास्ट्रो एज १२५ रु २६६,००० मा शोरुम मूल्यमा पाइनेछन । हिरो मोटोकर्पले बहुप्रतिक्षित सवारी अनुभव, एक्सट्रायल्स, काठमाडौमा आयोजना गरी उत्साही चालकहरुका एक अद्धितिय एवं विशेष अवसर प्रदान गर्दैछ । यो विशेष प्रकारको आयोजनाले चालकहरुलाई साहसिक एवं किफायती मोटरसाइकल एक्सपल्स २०० फोरभीलाई विशेष तबरले तयार गरिएको कच्चीबाटोमा अनुभव गर्ने एक रोमान्चक अवसर प्रदान गर्नेछ ।

यो कार्यक्रम भक्तपुरको सल्लाघारीमा २०७८ साल चैत्र २० देखि २३ गतेसम्म संचालन हुनेछ । एक्सट्रायल्सको साथसाथै कम्पनीले एक्सचेन्ज कार्निभल समेत आयोजना गर्दैछ । उक्त कार्निभलले हिरो मोटोकर्पको रमाईलो ग्राहक अनुभव प्रतिको प्रतिवद्धतालाई पुनर्पुष्टि गर्दछ ।

बलियो पोर्टफोलियो उपलब्ध गराउने प्रतिबद्धता कायम गर्दै आज तीन नयाँ संस्करण–को शुभारम्भसँगै नेपालमा आफ्नोसेगमेन्ट विस्तार गर्ने घोषणा गरेको छ । नेपालमा शक्तिशाली बीएस– छैठौं सेगमेन्टमा विस्तारले यस क्षेत्रमा मोटरसाइकल र स्कुटर सेगमेन्टमा हीरो मोटोकर्पको उपस्थिति अझ सुदृढ हुने र बजारमा यसको बढ्दो ग्राहक आधारलाई प्रिमियम, प्रविधि उन्नत का साथसाथै वातावरणीय रूपमा स्वच्छ उत्पादनहरू गराउने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ ।

हिरो मोटोकर्पले सन् २०१० मा नेपालमा नेपाल जनरल मार्केटिङ प्रालि (एनजीएम)लाई एकमात्र आधिकारिक वितरक नियुक्त गरी यहाँ कारोबार विस्तार गरेको हो । यो कम्पनीले आफ्ना ७२ डिलरहरू, ८२ सर्भिस सेन्टरहरू र १०० भन्दा अधिक स्पेयर पार्टस्का बिक्री केन्द्रहरूसहित आफ्नो तीव्र रूपमा विस्तारित २५० भन्दा बढी सम्पर्कस्थलहरूको सञ्जालमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ ।

नेपालमा उपलब्ध हीरो मोटोकर्पका उत्पादनहरूमा एचएफ डिलक्स, स्प्लेन्डर+, स्प्लेन्डर आईस्मार्ट ११०, सुपर स्प्लेन्डर, ग्ल्यामर, प्यासन प्रो, एचिभर, एक्स्ट्रिम स्पोर्टस्, करिज्मा जेडएमआर, एक्स्ट्रिम २०० आर, प्लेजर, डुएट, मास्ट्रो एज, डेस्टिनी १२५, एक्सप्लस २०० टी, ग्ल्यामर एक्सटेक, मास्ट्रो ऐज १२० तथा फ्लागसिप एक्सपल्स फोरभी २०० रहेका छन् ।

एक्सपल्स २०० फोर भल्भ
इन्जिन
एक्सपल्स २००, २०० सीसीको बीएस–सिक्स आयल कू्ल्ड इन्जिनद्वारा सुसज्जित छ, जसले ८५०० आरपीएममा १९.१ पीएसको ऊर्जा उत्पादन गर्छ र ६५०० आरपीएममा १७.३५ एनएमको टर्कसहितको पावर प्रतिफल (power output of 19.1 PS @ at 8500 RPM and torque of 17.35 Nm @ 6500rpm) उत्पादन गर्छ ।


४ भल्भ आयल कूल्ड इन्जिनले मध्य र उच्च गति (टप–एन्ड स्पिड रेन्ज)मा उत्कृष्ट शक्ति प्रदान मात्र गर्दैन तर कम्पनहरूलाई नियन्त्रणमा राख्दै उच्च गतिमा पनि तनावमुक्त इन्जिन कार्यसम्पादन प्रदान गर्दछ ।

भारी ट्राफिकमा तापको राम्रो व्यवस्थापनको लागि, ७ पखेटावाला तेल कूलरले सुसज्जित कुलिङ प्रणाली रहेको छ । एक्सपल्स फोरभी २०० फोरभीमा उल्लेखनीय रूपमा सुधार गरिएको प्रसारण सेटअपले उत्तम शक्ति र स्थायित्व प्रदान गर्दछ, जबकि उत्तम तान्ने शक्ति (ट्राक्टिभ इफोेर्ट) र गति (एक्सेलेरेशन)को लागि गियर अनुपातलाई अद्यावधिक गरिएको छ ।


हाइ–टेक एडभेन्चर
नवीनतम प्रविधिले सुसज्जित, एक्सपल्स २०० फोरभीले अधिक दूरीको लागि एक आरामदायक सवारी ग्यारेन्टी गर्दछ । परिष्कृत एलईडी हेडलाइटले राती राम्रोसँग देख्न सकिने तुल्याउँछ र सडकलाई समान रूपले उज्यालो बनाउँछ।यसले स्मार्टफोन कनेक्टिभिटी र कल अलर्ट, टर्न–बाइ–टर्न नेभिगेसन, गियर इन्डिकेटर, इको मोड र मानक प्रस्तावको रूपमा दुई ट्रिप मिटर र सिंगल च्यानल एबीएस जस्ता सेगमेन्ट–फस्र्ट विशेषताहरूमाथि गर्व जारी राखेको छ ।

एडभेन्चर ट्युन्ड
सबैखालका भू–भागमाथि विजयको मनोभावसहित मोटरसाइकलमा लङ सस्पेन्सन ट्राभल –१९० एमएम फ्रन्ट र १७० एमएम रियर साथै २१ इन्च फ्रन्ट र १८ इन्च रियर स्पोक ह्वील रहेको छ । चट्टाने र जोखिमयुक्त भू–भागहरूमा समस्यामुक्त यात्रा सवारी सुनिश्चित गर्नको लागि मोटरसाइकलमा इन्जिनलाई जोगाउने आल्युमिनियम स्किड प्लेट, अधिकतम पकड र नियन्त्रणको लागि नयाँ दाँत भएको ब्रेक प्याडल र गहिरो पानीको सतह पार गर्न सक्षम बनाउने अपस्वेप्ट निकासले सुसज्जित छ ।


अन/अफ–रोड तयारी
दोहोरो प्रयोगयुक्त टायर (डुअल पर्पज टायर), १० स्टेप एडजस्टेबल मोना–सक सस्पेन्सन, ८२५ एमएमको पहुँचयोग्य सिट उचाइ र २२० एमएमको हाई ग्राउन्ड क्लियरेन्सले साहसिक राइडरका लागि राम्रो राउन्ड प्याकेज प्रदान गर्दछ । राम्रोसँग इञ्जिनियरिङ गरिएको च्यासिस सेटअपका कारण एक्सपल्स २०० फोरभीले दैनिक यात्राको लागि होस् वा ग्रामीण–सडक (कन्ट्री रोड्स)मा वा अफ–रोड भू–भागमा आनन्ददायक यात्राको लागि उत्कृष्ट सवारी अनुभव प्रदान गर्दछ ।

दिन–रातको सवारी
परिष्कृत यात्रा क्षमताको लागि, मोटरसाइकलले बंजी हुक भएको प्लेट प्रदान गर्छ र जसले पछाडि एक जना यात्रुसँगै पनि सामान बोक्न मिल्छ । सुधारिएको सिटको आरामपनले हरेक किलोमिटरको यात्रालाई अझ आरामदायी र अथक बनाउँछ । सुरक्षात्मक विन्डसिल्डले हावा र मौसमको राम्रो सुरक्षाका साथै सवारीमा थप बढी आराम प्रदान गर्छ । यूएसबी चार्जरले राइडरलार्ई यात्रा जोडिइरहन गर्न मद्दत गर्दछ तथा फ्रन्ट र रियर पेटल डिस्क ब्रेकले प्रभावकारी रूपमा ब्रेक लगाउनमा मद्दत गर्दछ ।


रोमाञ्चक रंग विकल्प
साहसिक र अफ–रोडको भावनाबाट प्रेरित भएर, नयाँ एक्सपल्स २०० फोरभी तीन नयाँ रोमाञ्चक रंग– ट्रेल ब्लू, ब्लिट्ज ब्लू, र रेड रेड (Trail Blue, Blitz Blue, and Red Raid) विकल्पहरूमा आउँछ, जसले सडकमा सबैको ध्यान आकर्षित गर्नेछ ।


¥याली किट
यसअघि नै प्रमाणित तथा मोटरस्पोर्टप्रति उत्साहीहरूलाई मनपर्ने, ¥याली किटले एक्सपल्स २०० फोरभीलाई पूर्ण विकसित ¥याली मेसिनमा रूपान्तरण गर्न जारी राख्नेछ । ¥याली किट पूर्णतया पूर्ण रूपमा सडक कानुनअनुकूल छ र भारतको फेडेरेसन अफ मोटर स्पोर्टस् क्लब अफ इन्डिया (एफएमएससीआई)द्वारा स्वीकृतयुक्त मोटर स्पोर्टस् स्पर्धाहरूका लागि पनि प्रमाणिक गरिएको छ । कार्यसम्पादन (पर्फमेन्स)का अंशहरूको यो अद्वितीय प्याकेजले हाम्रा ग्राहकहरूलाई प्रतिस्पर्धात्मक दौडको लागि उनीहरूको अफ–रोड सीपहरू सिक्न र सुधार गर्न सक्षम बनाएको छ ।


सम्पर्क आवद्धता (कनेक्टिभिटी)
यसको कार्यक्षमता र सवारी चलाउँदा (राइडर)को आरामपना थप्दै ग्ल्ययामर एक्सटेकले फस्र्ट–इन सेग्मेन्ट, ‘इन्टिग्रेटेड यूएसबी चार्जिङ’, ब्लुटुथ कनेक्टिभिटी विथ कल एन्ड एसएमएस अलर्ट र टन–बाइ–टर्न नेभिगेसन प्रदान गर्दछ । हाइ लेभल क्लस्टर विशेषतामा गियर पोजिसन इन्डिकेटर, इको मोड, ट्याकोमिटर, र रियल टाइम माइलेज सूचक (आरटीएआई) रहेको छ ।


सुरक्षा
सवारी चालक र पछाडि बस्ने यात्रुको उच्चतम सुरक्षा सुनिश्चित गर्दैै मोटरसाइकलमा साइड–स्ट्यान्ड भिजुअल संकेत र सेगमेन्ट–फस्र्ट ‘साइड–स्ट्यान्ड इन्जिन कट अफ’ छ । ग्ल्यामर एक्सटेकमा बैंक–एंगल सेन्सर पनि छ जसले खस्दाखेरी इन्जिनलाई काट्दछ । रियर ५ स्टेप एडजस्टेबल हाइड्रोलिक सक अब्सर्बर सस्पेन्सन, फ्रन्ट २४० एमएम डिस्क ब्रेक, फराकिलो रियर टायर र १८० एमएमको ग्राउन्ड क्लियरेन्सले वास्तविक सडक उपस्थितिको साथ भरपर्दो र दिनभरि राइडिङको आराम प्रदान गर्दछ ।

स्टाइल
नयाँ ग्ल्यामर एक्सटेकले उज्यालोप्रेमी युवाकालागि एलईडी हेडल्याम्प र एच–सिग्नेचर पोजिसन ल्याम्पसहित लागि चम्किलोपनमा सेगमेन्टकै सबैभन्दा बढी (३४ प्रतिशत बढी हेडलाइट उज्यालोपन) स्टाइल प्रदान गर्दछ । नयाँ म्याट रङका लागि थ्रीडी ब्रान्डिङ, रिम टेप र नीलो एक्सेन्टहरूले समग्र आकर्षण बढाउँछ ।

इन्जिन
नयाँ ग्ल्यामर एक्सटेक, एक्ससेन्स प्रोग्राम्ड प्mयुल इन्जेक्सनयुक्त १२५ सीसी बीएस–सिक्स इन्जिनद्वारा सञ्चालित छ र यो ७ प्रतिशत अधिक इन्धन किफायती छ । इन्जिनले ७५०० आरपीएममा १०.७ बीएचपी र ६००० आरएपीएममा १०.६ एनएम टर्क उत्पादन गर्दछ । हीरो मोटोकर्पको क्रान्तिकारी आई३एस (आईडल स्टार्ट–स्टप सिस्टम) को विशेषता, अटो सेल टेक्नोलोजीसँगसँगै, ग्ल्यामर एक्सटेकले आफ्नो ब्रान्डको कार्यसम्पादन र आरामको प्रतिज्ञा पूरा गर्दछ ।

मेस्ट्रो एज १२५
फस्र्ट इन सेगमेन्ट एलईडी प्रोजेक्टर हेडल्याम्प नयाँ स्लीक हेडल्याम्पले उच्च दक्षता, दोहोरो प्रकाश तीव्रता र सडकमा फराकिलो तथा टाढासम्म देख्न सकिने तुल्याउनका लागि प्रकाश विस्तार गर्नसक्दछ ।

डिजाइन
नयाँ मेस्ट्रो एज १२५ पूर्ण रूपमा नयाँ चम्किलो हेडल्याम्प, कुशल फ्रन्ट डिजाइन, नयाँ स्पोर्टी डुअल टोन स्ट्राइप संरचना, मास्क गरिएको विंकर र नयाँ प्रिज्म्याटिक रङहरू लगायत नयाँ डिजाइन तत्वहरूसहित प्याकेजिङ गरिएको छ ।

जडित विशेषता
मेस्ट्रो एज १२५ मा ब्लुटुथ कनेक्टिभिटीसहितको पूर्ण डिजिटल स्पिडोमिटर रहेको छ । यसमा पासकीसँग पेरिङ, उत्कृष्ट डिस्प्लेसहित टर्न–बाइ–टर्न नेभिगेसन, मिस कल अलर्ट, इनकमिङ कल अलर्ट, आरटीएमआई (रियल–टाइम माइलेज इन्डिकेसन), इको इन्डिकेटर र लो फ्युल इन्डिकेटर जस्ता सुविधाहरू प्रदान गर्दछ ।

नयाँ रंगहरू
मेस्ट्रो एज १२५, छ रंगहरू–क्यान्डी ब्लेजिङ रेड, प्यान्थर ब्ल्याक। पर्ल सिल्भर व्हाइट, म्याट टेक्नो ब्लू, प्रिज्म्याटिक येलो र प्रिज्म्याटिक पर्पल, मा उपलब्ध छ ।

इन्जिन
मेस्ट्रो एज १२५ ‘एक्ससेन्स टेक्नोलोजी’ सहित १२४.६सीसी बीएस– सिक्स, अनुसारको ‘प्रोग्राम्ड फ्युल इन्जेक्सन इन्जिन’द्वारा सञ्चालित गरिएको छ । यसले ७०० आरपीएम ९ बीएचपीको पावर आउटपुट र ५५०० आरपीएम १०.४ एनएम ‘टर्क अन डिमान्ड’ प्रदान गर्दछ ।

प्रतिक्रिया