कुटपिटको अभियोगमा इलाम फाकफोकथुमकी उपाध्यक्ष पक्राउ

काठमडौं । फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राईलाई प्रहरीले पक्राउ गरेको छ । सोही पालिकाका वडा नम्बर १ का कृष्णबहादुर खड्कामाथि कुटपिट गरेको उजुरीका आधारमा उपाध्यक्ष राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कुटपिट तथा अभद्र व्यवहार गरेको भन्दै खड्काले दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धान थालेपछि उपाध्यक्ष राई आफैं प्रहरीमा आत्मसर्मपण गर्न आएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
पालिकाका अध्यक्ष श्रेष्ठसँग आन्तरीक छलफल भइरहेको समयमा पालिकाकी उपाध्यक्ष राई एक्कासी प्रवेश गरी गाली गलौज गर्दै खड्कामाथि आक्रमण गरेको पीडितको उजुरीमा छ । घटनापछि तत्काल कानुनी कठघरामा ल्याई कारबाही गर्न र उचित न्याय दिनुपर्ने भन्दै खड्काले प्रहरीमा उजुरी दिएका थिए ।
गत चैत १८ गते पालिकाका अध्यक्ष रामकुमार श्रेष्ठको कक्षमा पालिकाका वडा नम्बर १ का कृष्णबहादुर खड्कामाथि कुटपिट गरेका थिए । उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
















पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद
मल आपूर्ति सुनिश्चित गर्नुपर्ने अखिल नेपाल किसान महासङ्घको माग
Speaker Aryal pledges to perform duties with neutrality
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
सरकारले युवालाई आफ्नै गाउँमा बसौँ बसौँ लाग्ने बनाउने छ : राष्ट्रपति (पूर्णपाठ)
प्रतिक्रिया