कुटपिटको अभियोगमा इलाम फाकफोकथुमकी उपाध्यक्ष पक्राउ

काठमडौं । फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राईलाई प्रहरीले पक्राउ गरेको छ । सोही पालिकाका वडा नम्बर १ का कृष्णबहादुर खड्कामाथि कुटपिट गरेको उजुरीका आधारमा उपाध्यक्ष राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कुटपिट तथा अभद्र व्यवहार गरेको भन्दै खड्काले दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धान थालेपछि उपाध्यक्ष राई आफैं प्रहरीमा आत्मसर्मपण गर्न आएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
पालिकाका अध्यक्ष श्रेष्ठसँग आन्तरीक छलफल भइरहेको समयमा पालिकाकी उपाध्यक्ष राई एक्कासी प्रवेश गरी गाली गलौज गर्दै खड्कामाथि आक्रमण गरेको पीडितको उजुरीमा छ । घटनापछि तत्काल कानुनी कठघरामा ल्याई कारबाही गर्न र उचित न्याय दिनुपर्ने भन्दै खड्काले प्रहरीमा उजुरी दिएका थिए ।
गत चैत १८ गते पालिकाका अध्यक्ष रामकुमार श्रेष्ठको कक्षमा पालिकाका वडा नम्बर १ का कृष्णबहादुर खड्कामाथि कुटपिट गरेका थिए । उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।














सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार बन्ने
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको आंशिक प्रभाव: कस्तो रहला आजको मौसम ?
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
प्रतिक्रिया