ठूला दललाई भोट दिनु भनेकाे साँढेको अगाडि दुधको बाल्टी थाप्नु जस्तै : लिङदेन

भैरहवा । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेपालका ३ ठूला दल नामले अलग पार्टी भएपनि विचार र व्यवहारले अलग नभएको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीद्वारा भैरहवामा आयोजित विशाल आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले बैदेशिक हस्तक्षेप भित्राउनमा ३ दल लागेको बताउदै हिंसामा विश्वास नगर्ने राप्रपाले यिनीहरुको बाकस खाली गरेर जनता बाटो भएको देखाउनु पर्ने ठिक समय आएको बताए ।
पर्खने र हेर्ने समय नभएको भन्दै उनले जनता सार्वभौम रहेकाले विवकेले काम गर्न सक्छ भनेर प्रमाणित गर्नु पर्ने बताए । उनले एमाले, माओवादी, कांग्रेसलाई भोट दिएर देश बन्छ भन्ने आशा गर्नु भनेको साढेको अगाडि दुधको बाल्टी लिनु जस्तै भएको उनले बताए ।
ठूला भनिएका पार्टीको काम तीन दशकमा देखिसकेको बताउँदै उनले २–४ वटा घर र भ्युटावर देखाएर विकास गरेको प्रमाणित गर्न खोजेको बताए ।
समान्य आखाले देखे जस्तो देशको अवस्था नरहेको उनले बताए । ‘गोली चलेको छैन, बन्द हडताल भएको छैन तर देशमा ३ वटै अंगले काम नगरेको अवस्था छ । सिटामोल पनि उपलब्ध गराउन नसक्ने अवस्थामा रहेका नेपालमा अदालतको आदेशमा सिटामोल दिनु पर्ने अवस्था छ’ उनले भने ।
















मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया