एएफसी कप २०२२ : मछिन्द्र र ब्लु स्टार भिड्दै
मेरोन्यूज
२०७८ चैत २२ गते ७:४७

काठमाडौं । एएफसी कप २०२२ को समूह चरणमा स्थान बनाउनुअघि प्ले अफ खेलमा नेपालको शीर्ष डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले आज (मंगलबार) श्रीलंकन सुपर लिग च्याम्पियन ब्लु स्टार क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।
ए डिभिजन लिग फुटबलमा दोस्रो पटक च्याम्पियन भएको मछिन्द्रले सातौं चरणमै शीर्ष स्थानमा रहदै प्लेअफ खेल्न पहिलो पटक नेपालको प्रतिनिधित्व गर्ने भएको हो ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५ बजे सुरु हुनेछ । खेल अघि कन्सर्ट हुने आयोजकले जनाएको छ ।
यस खेलको विजेताले दोस्रो चरणमा २९ चैतमा भारतको मोहन बगानसँग खेल्नेछ । यस खेलको विजेता समूह चरणमा स्थान बनाउने छ ।
खेलको टिकट दर भिआईपी तर्फ १ हजार र सामान्य तर्फ ५ सय राखिएको छ ।
सम्बन्धित
















आजचैत ८ गते आइतबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया