गुञ्जमान सिंह अस्पताललाई नेपाल बैंकको आर्थिक सहयोग

चितवन । चितवन जिल्लाको रत्ननगर पिठुवामा स्थापना भएको गुञ्जमान सिंह अस्पताललाई नेपाल बैंकले मेडिकल उपकरण खरिद गर्न १५ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकको स्थापना तथा सञ्चालनमा महत्वपूर्ण योगदान पुर्याएका स्व. सरदार गुञ्जमान सिंहको सम्झनामा सो अस्पताल बनाइएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले उक्त सहयोगबाट त्यस क्षेत्रका सर्वसाधारणमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मद्दत पुग्ने बताए ।
उनले उक्त सहयोगबाट अस्पतालले त्यस क्षेत्रका सर्वसाधारणनागरिकमासहज ढंगबाट स्वास्थ्य सेवाप्रदान गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल, प्रकाशकुमार अधिकारी र होम बहादुर खड्का साथै कम्पनी सचिव केशव प्रसाद भण्डारी, वरिष्ठ प्रबन्धकद्वय अर्जुनबहादुर कँडेल, बाबुराम काफ्ले लगायतको उपस्थिति थियो ।












एआईमा आधारित शिक्षण विधिको अभ्यास
सन् २०२५ मा १२८ पत्रकारको हत्या
‘हिट एण्ड रन’ नियन्त्रणमा सक्रिय बन्दै प्रहरी
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया