सोमबार, माघ ५, २०८२

धादिङमा टिकट विषयमा कुटाकुट हुदाँ गाउँपालिका अध्यक्ष घाइते

मेरोन्यूज २०७८ चैत २३ गते ७:३९

काठमाडौं । धादिङमा स्थानीय तहको निर्वाचनका लागि टिकटका विषयमा विवाद हुँदा नेपाली कांग्रेसका नेताबीच कुटाकुट भएको छ। मंगलबार (गएराति) टिकटकको विषयमा विवाद हुदाँ नेपाली कांग्रेसका एवम् खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका छन्।

घाइते तामाङको अनुहारमा चोट लागेको छ। धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जागेश्वर भण्डारीले अध्यक्ष तामाङको अवस्था सामान्य रहेको जानकारी दिए।

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ। त्यसका लागि राजनीतिक दलहरू प्रचार अभियानका साथै उम्मेदवार चयनमा केन्द्रित भइरहेका छन्।

प्रतिक्रिया