आजदेखि १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप अभियान सुरु
७५ लाख बालबालिकालाई खोप दिने सरकारको लक्ष्य

काठमाडौं । सरकारले आजदेखि टाइफाइडविरुद्धको खोप अभियान गदैछ । आजदेखि सुरु भएको खोप अभियान आगामी वैशाख १८ गतेसम्म चल्नेछ । १५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई दिइनेछ । (गाभी)को सहयोगमा सरकारले देशभरका ७५ लाख बालबालिकालाई लक्षित गरी अभियान सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो खोप निःशुल्क, सुरक्षित र प्रभावकारी रहेको मन्त्रालयअन्तगर्तको खोप महाशाखाका निर्देशक डा. विवेक लाल बताउँछन् ।
१५ महिनाका प्रत्येक बालबालिकालाई नियमित खोप कार्यक्रममार्फत एक मात्रा खोप दिने उनको भनाइ छ।
अभियानको क्रममा टाइफाइड खोप स्थानीय तहको प्रत्येक वडामा तोकिएको विद्यालयहरूको खोप केन्द्रमा उपलब्ध हुने छ भने विद्यालय नभएका वा कम भएका वडाहरूमा वाह्य खोप केन्द्र सञ्चालन गरिने उनको भनाइ छ। देशभर खोप अभियानका लागि १० हजार स्वास्थ्यकर्मी परिचालन गरिने जानकारी दिए ।
नेपालमा हाल दिन लागिएको खोप टाइफाइड कन्ज्युगेट भ्याक्सिन हो। यो विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको र यो विश्वका धेरै देशमा प्रयोग भइरहेको छ।
नेपालमा वर्षेनी औसतमा चार लाख ५० हजार जनाभन्दा बढीमा टाइफाइड संक्रमण हुने अनुमान छ। तीन वर्षको तथ्यांकअनुसार पानी तथा खानाजन्य संक्रामक रोगहरूमध्ये तेस्रो र अस्पताल भर्ना हुने कारणहरूमध्ये यो रोग चौथो कारणमा रहेको छ। यो रोगको संक्रमण सबै उमेर समूहमा हुने भए पनि १५ वर्षमुनिका बालबालिकालाई बढी असर गर्ने चिकित्सकहरु बताउँछन् ।
केही जिल्लामा भने अभियानअन्तर्गत नै टाइफाइडविरुद्धको खोप लगाउन सुरु भइसकेको छ । यसअघि पनि सरकारले यो उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिए पनि अभियानका रूपमा पहिलोपटक खोप दिन लागिएको हो । बिहिबार धानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको उद्घाटन गरेका थिए ।
















लागूऔषधसहित दुई जना पक्राउ
लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया