संखुवासभाका ८ मतदानस्थल अति संवेदनशील

संखुवासभा । संखुवासभाका लागि ८ ओटा मतदानस्थललाई अति संवेदनशील सूचिमा राखिएकोे छ । स्थानीय तह निर्वाचनका लागि जिल्ला सुरक्षा समिति संखुवासभाले ८ ओटा मतदान स्थललाई अति सम्वेदनशिलको सूचीमा राखेको हो । जिल्लाका एक सय ३ ओटा मतदानस्थल मध्ये सुरक्षा संवेदनशिलताको हिसाबले ८ ओटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको संखुवासभाका साहयक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले जानकारी दिए ।
एक सय ३ ओटा मतदानस्थल स्थलमध्ये ७९ ओटा मतदानस्थल सम्वेदनशिल, १६ ओटा मतदानस्थल सामान्य र ८ ओटा मतदानस्थल अति सम्वेदनशिल सूचीमा वर्गिकरण गरिएको साहयक प्रजिअ घिमिरेले बताए । भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाठा,यातायात र सञ्चारको असुविधा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अलि संवेदनशील, संवेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको बताइएको छ ।
सुरक्षा समितिले ती मतदान स्थललाई अति संवेदनशील सूचीमा परेका मतदान स्थलमा सुरक्षा प्रबन्ध मिलाइने घिमिरेले बताए । अति संवेदनशील मतदानस्थलमा ३ हजार ४ सय ३८ जना मतदाता रहेका छन् । जिल्लामा ६० हजार ६ सय ७८ जना पुरूष र ५७ हजार ५३ जना महिला गरी १ लाख १७ हजार ७ सय ३१ जना मतदाता रहेका छन् । मतदान केन्द्रलाई तीन भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाउने बताइएको छ ।
अति संवेदनशील मतदान स्थल तथा केन्द्रको सुरक्षा चुनौती हेरेर सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिने साहयक प्रजिअ घिमिरेले बताए । निर्वाचन आयोगले १० वटै स्थानीय तहका लागि अधिकृत र निर्वाचन अधिकृत तोकिसकेको छ ।
















हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन
PM Karki insists development works should not affect religious belief, cultural heritages
ओखलढुङ्गामा राई दम्पतीको हत्या
Gold price hits Rs 309 thousand per tola
सेतीखोलामा डुबेका पुरुष तीन दिनदेखि बेपत्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया