यातायात व्यवसायीको महाधिवेशनको तयारी पूरा
काठमाडौँ । यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले छैटौँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । भोलिदेखि २९ गतेसम्म काठमाडौँ र ललितपुरमा हुने सम्मेलनमा देशभरिबाट १५ सय बढी प्रतिनिधि सहभागी हुने छन् ।
महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक एवं महासंघका महासचिव सरोज सिटौलाले शनिबार सम्मेलनमा सबै प्रदेशका यातायात मन्त्रीहरू सहभागी हुने बताए । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ रामशाह पथस्थित स्काई दरबार बैंक्वेटमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बन्दसत्र र निर्वाचनको कार्यक्रम ललितपुरको गोदावरीमा रहेको सनराइज हलमा हुनेछ ।
महासचिव सिटौलाले यो महाधिवेशनले अधिकार सम्पन्न यातायात प्राधिकरण स्थापनाको मागलाई बलियो साथ उठाउने बताए । सरकारले विभिन्न यातायात समितिहरू खारेज गरी यातायात व्यावसायलाई कम्पनी मोडलमा लगे पनि आवश्यक नियम–नियमावली र कार्यविधि नबनाउदा काम गर्न अप्ठेरो भएको यातायात व्यावसायीले गुनासो गर्दै आएका छन् ।
कार्यविधिको अभावमा दुर्घटनापछिको उपचार र बिमा दाबी भुक्तानीलगायतको काममा विवाद देखिन थालेको छ । कोरोना महामारीले लामो समयदेखि रोकिएको महाधिवेशन आइतबारदेखि काठमाडौंमा हुन लागेको हो ।
महासंघमा हाल देशभरका झण्डै पाँच यातायात कम्पनीहरू आबद्ध छन् । यो महाधिवेशनले नयाँ नेतृत्वसमेत निर्वाचित गर्ने छ ।
















नवीकरणीय ऊर्जाका लागि सशक्त कानुन बनाइँदै छ : मन्त्री सिन्हा
धनुषाका १९४ मतदानस्थल अतिसंवेदशनशील
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यातायात कार्यालय सुधारका लागि संसदीय समितिको १० बुँदे निर्देशन
दुई हजार एक सय जना एमालेमा प्रवेश
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
प्रतिक्रिया