अन्तर्राष्ट्रिय बक्सिङमा नेपाललाई कास्य पदक प्राप्त

थाइल्याण्डको फुकेटमा सम्पन्न अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपालले कास्य पदक प्राप्त गरेको छ । उक्त प्रतियोगितामा महिला ६० किलो तौल समूहमा नेपालकी पुनम रावलले कास्य पदक प्राप्त गर्न सफल भएकी हुन् ।
सेमिफाइनलमा उनी फिलिपिन्सकी खेलाडीसँग ३–२ अङ्कले पराजित भइन् । रावल आठ वर्षदेखि नेपाली सेनामा आवद्ध छिन् । उनलाई हराएकी फिलिपिन्सकी खेलाडीले नै फाइनलमा भारतकी खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितिन् । सन् २०१० पछि नेपालले बक्सिङमा पदक प्राप्त गरेको हो । प्रतियोगितामा नेपालबाट रावलसँगै चन्द्रकला थापा, मिनु गुरुङ, सुष्मा तामाङ र भूपेन्द्र थापामगरले प्रतिष्पर्धा गरेका थिए ।
नेपाली टोलीको प्रशिक्षकमा प्रकाश थापामगर रहेका थिए । गुरुङले ५१ किलो, थापामगरले ६३, थापाले ५७ तथा तामाङले ४८ किलो तौल समूहमा प्रतिष्पर्धा गरेको मुख्य प्रशिक्षक थापामगरले जानकारी दिए । प्रतियोगितामा नेपालका धनकुमार मैनालीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।









सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपालका व्यवसायलाई साथ दिइरहेका फोटोन गाडीहरू
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
अझै फर्किएनन् १२४ कैदीबन्दी
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
प्रतिक्रिया