कांग्रेसले गभर्नरमाथिको कार्वाही गैरकानुनी हुने भन्ने कहिल्यै चेतेन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार विकास साझेदारको विश्वास गुमाउँदै गएको आरोप लगाएको छ । आइतबार ललितपुरस्थित हिमालय होटलमा एमालेले अहिलेको गभर्नर र अर्थतन्त्रका बारेमा आफ्नो धारण गर्न गरेरको पत्रकार सम्मेलनमा एमालले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
एमालेका तीन पुर्वअर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडाले पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेका हुन् । चालू खाता घाटा धान्नै नसकिने स्तरमा पुगिसकेको छ । अवैध कारोवार र हुण्डी फस्टाएका कारण औपचारिक माध्यमवाट विपे्रषण नआएको कारण देशको बाह्य कारोवारमा चालू खाता घाटा आर्थिक वर्षको पहिलो ७ महिनाको रु. १०४ अर्बको तुलनामा ४ गुणाले बढेर रु. ४ खर्ब १४ अर्ब पुगिकेको छ ।
गभर्नरमाथिको पूर्वाग्रही कार्वाही गैरकानुनी हुने रहेछ भन्नेमा कांग्रेसले कहिल्यै पनि नचेतेको एमालेका नेता एवम् पुर्व गभर्नर युवराज खतिवडाले बताए ।
उनले भने,‘कांग्रेसको नेतृत्वमा सरकार रहेको बेला यसअघि पनि नेपाल राष्ट्र बैंकका गभर्नरलाई हटाउने प्रयास गरेको र केन्द्रीय बैंक नेतृत्वविहीन भएर देशको अर्थतन्त्र संकटमय बनेको इतिहास छ अहिले त्यसको पुनरावृत्ति गरिएको छ ।’
उनले गठबन्धन सरकारले आफ्नो नालायकीपन छोप्न नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेको उनको आरोप छ ।
उनले भने,‘यो सरकारले प्रायोजित रुपमा गभर्नरमाथि शुरु गरेको कार्वाही आपत्तिजनक मात्र नभई निन्दनीय समेत छ ।’
उक्त प्रेष्न विज्ञप्तिको पुर्णपाठ

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया