सेनाले सशस्त्र प्रहरीलाई दियो ५९० थान हतियार

काठमाडौँ । नेपाली सेनाले सशस्त्र प्रहरी बललाई पाँच सय ९० थान हतियार तथा गोलीगट्ठा हस्तान्तरण गरेको छ ।
राजधानिस्थित जंगीअड्डामा आइतबार आयोजित कार्यक्रममा इन्सास राइफल नाल पाँच सय र लाइट सपोर्ट वेपन्स नाल ९० गरी जम्मा पाँच सय ९० नाल हतियार तथा सोको एम्युनिसन सम्बद्ध सामग्रीहरू हस्तान्तरण गरेको हो ।
मन्त्रिपरिषद्ले चैत २४ गते सेनाका हतियार सहयोग स्वरूप सशस्त्रलाई हस्तान्तरण गर्ने निर्णय गरेअनुरुप प्रधानसेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई हतियार तथा गोलीगट्ठा हस्तान्तरण गरेको हो।
सरकारको निर्णय बमोजिम सहयोग स्वरूप इन्सास राइफल नाल नौ हजार र लाइट सपोर्ट वेपन्स नाल एक हजार ६ सय गरी कूल १० हजार ६ सय नाल हतियार उपलब्ध गराउने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
शनिबार पहिलो चरणमा इन्सास राइफल नाल पाँच सय र लाइट सपोर्ट वेपन्स नाल ९० गरी कूल पाँच सय ९० नाल हतियार हस्तान्तरण गरिएको थियो । सेनाले बाँकी हतियार तथा एम्युनिसन क्रमशः हस्तान्तरण हुने जनाएको छ ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया