आइएमई पे र दराजबीच सम्झौता
मेरोन्यूज
२०७८ चैत २७ गते १६:५७

काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई पेले दराजसँग नयाँ नेपाली वर्षको अवसरका लागि सम्झौता गरेको छ । दुई संस्थाबीच अनलाइन सपिङ्ग गर्दा ग्राहकलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।
आइएमई पे सेवाग्राहीले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् । उक्त सम्झौता पत्रमा आइएमई पेका तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट भुक्तानी प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेका थिए ।
यो व्यवस्था भोलि चैत्र २८ देखि आगामी वैशाख ७ गतेसम्म सञ्चालन हुने भएको छ । यस अवसरमा ग्राहकले विभिन्न प्रकारको छुट पाउने भएका छन् ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया