एमालेले भूमिकास्थानको मेयरमा थापालाई उम्मेदवार बनाउने
मेरोन्यूज
२०७८ चैत २७ गते १९:३४

अर्घाखाँची । नेकपा एमालेले जिल्लाको भूमिकास्थान नगरपालिकामा रेसम थापालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज पोखेडाँडामा सम्पन्न पार्टीको नगर कमिटीको पूर्ण बैठकले थापासहित उपप्रमुखमा बसन्ता पौडेललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।
नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको तालमेलबाट पहिलो कार्यकालका लागि नगर प्रमुखमा निर्वाचित भएका थापा नेकपा विभाजनपछि नेकपाको निरन्तरताको रूपमा नेकपा एमालेमा क्रियाशील छन् ।
उपप्रमुखमा निर्णय भएकी पौडेल भने नेकपा एमाले नगर कमिटीका अध्यक्ष मणि पौडेलकी श्रीमती हुन् ।
सम्बन्धित
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया