मंगलबार, पुष १५, २०८२

हरेक प्रदेशमा मेडिकल कलेज स्थापना गरिन्छ : मन्त्री पौडेल

मेरोन्यूज २०७८ चैत २७ गते २१:३६

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले हरेक प्रदेशमा एक–एक वटा मेडिकल कलेज सरकारले स्थापना गर्ने बताएका छन् ।

भरतपुर महानगरका शिक्षक अगुवासँग आज भएको छलफलमा मन्त्री पौडेलले नेपालबाट मेडिकल शिक्षाका लागि भन्दै ९८ अर्ब रकम बाहिर गइरहेकाले देशैँमा मेडिकल शिक्षा सहज रूपमा पढ्न सक्ने वातावरणका लागि हरेक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापनाका लागि काम गरिरहेको बताए ।

रिसर्च सेन्टर पनि सातै प्रदेशमा स्थापना गर्ने तयारी भएको उनको भनाइ थियो । सातै प्रदेशमा आवासीय ठूला महाविद्यालय बनाउन आफूले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको बताउँदै उनले देश भरिका पालिकाको आवश्यकताका आधारमा एक पालिका, एक प्राविधिक शिक्षालय स्थापना गर्ने र भूगोल अनुसारको पाठ्यक्रम तयार पारेर पढाउने बताए ।

निजी स्कुलका शिक्षक भए पनि उनीले देशकै शैक्षिक विकासका लागि काम गरेकाले उनीले पनि त्यहाँ उपचार गर्न पाउने गरी काम अघि बढाइएको उनले भनाइ थियो ।

प्रतिक्रिया