करिब साढे एक किलो चरेससहित युवक पक्राउ
मेरोन्यूज
२०७८ चैत २७ गते २१:४४
काठमाडौँ । शुक्लाफाँटा नगरपालिका ६ कसरौलबाट प्रहरीले आज एक किलो ४२२ किलोग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार चरेससहित पक्राउ पर्नेमा दार्चुला मार्मा गाउँपालिका २ का २६ वर्षीय मानराम धामीलाई पक्राउ गरिएको हो । पक्राउ परेका धामीबाट प्रहरीले से४प ९५११ नंको पल्सर मोटरसाइलसमेत बरामद गरेको छ ।
मोटरसाइकलमा जाँदै गरेका धामीमाथि शंका लागि जाँच गर्दा सुर्के थैलीभित्र कालो प्लास्टिकमा पोका पारेर लुकाइराखको अवस्थामा चरेस बरामद भएको प्रहरी नायब उपरीक्षक शाहको भनाइ छ ।
पक्राउ परेका धामीमाथि प्रहरीले कानूनबमोजिम थप अनुसन्धानको कार्य भइरहेको जनाएको छ ।
सम्बन्धित
















चीनको अर्थतन्त्र २०२५ मा ५ प्रतिशतले वृद्धि
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
जापानमा मध्यावधि चुनावको घोषणा हुने
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रतिक्रिया