लेभान्तेमाथी बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं । रोमान्चक खेलमा लेभान्तेलाई ३-२ अन्तरले पराजित गर्दै स्पेनिस ला लिगामा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ ।
आइतबार राति भ्यालेन्सियामा भएको खेलमा क्याटलान क्लब बार्सिलोनाले १ -० ले पछि परेको स्थितिमा खेल उल्टाउदै महत्त्वपूर्ण तीन अंक हासिल गरेको हो ।
बार्सिलोनाको जितमा पिएरे इमेरिक औबामेयाङ, पेड्री र लुक डि जङले एक एक गोल गरे । घरेलु टोली लेभान्तेकालागी जोसे लुइस मारालेस र गोन्जालो मेरेरोले एक एक गोल गरे ।
लेभान्तेले दुबै गोल पेनाल्टीमा गरेको थियो । रोजर मार्टीको अर्को एक पेनाल्टी भने बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगेनले बचाउ गरेका थिए ।
जितसंगै बार्सिलोनाले ३० खेलबाट ६० अंक बनाउदै दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भएपनी एक खेल बढी खेलेको सेभिया तेस्रो स्थानमा झर्यो ।
७२ अंकको रियम मड्रिड शीर्ष स्थानमा रहेको छ । पराजित लेभान्ते भने २२ अंक सहित रेलिगेशन क्षेत्रमा छ ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया