गर्भनरले अर्थमन्त्रीलाई सहयोग नगरेपछि हटाइएको हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले अर्थमन्त्रीलाई गर्भनरले सहयोग नगरेपछि हटाउनु परेको बताएका छन् । सत्तागठबन्धन दलको विहान बालुवाटारमा भएको छलफलमा केही नेताहरुले गर्भनर हटाइनुको कारण र त्यसले पार्ने प्रभावका विषयमा प्रश्न उठाएपछि प्रधानमन्त्रीले गर्भनरले अर्थमन्त्रीलाई सहयोग नगरेका कारण हटाइएको बताएका हुन् ।
‘मुलुकमा आर्थिक सुधारको काममा लाग्नुपर्ने बेलामा अर्थमन्त्रीलाई असहयोग गर्ने गरी जानहुन्छ ? अर्थमन्त्रीलाई यस्तो बेलामा गर्भनरले सहयोग त गर्नुपर्यो नि !’ प्रधानमन्त्रीको भनाई उदधृत गदै सहभागी एक नेताले भने, ‘अर्थमन्त्रीले गर्भनरले असहयोग गर्नुभयो, जे काममा पनि भााजो मात्र हाल्न थाल्नुभयो भन्नुभयो, त्यसपछि गर्भनर निलम्बन गरेर छानविन गर्नुपरेको हो ।′
प्रधानमन्त्रीले सर्वाेच्च अदालतका पूर्व न्यायाधीसकै नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनेको र समितिले दिएको प्रतिवेदनका आधारमा मात्र सरकारले थप निर्णयमा पुगिने बताएका थिए ।
सत्तागठबन्धन दलमा चुनावमा मुखमा गर्भरन हटाउादा त्यसले प्रतिपक्षी दलले खेल्ने मौका पाएको विषय उठेको थियो । बैठकमा प्रतिपक्षी एमालेका तीन जना पूर्व अर्थमन्त्रीले यस सम्वन्धमा सार्वजनिक रुपमा संयुक्त पत्रकार सम्मेलन गरेर सरकारमाथी लगाएको आरोपको प्रतिरक्षा गर्ने गरी अर्थमन्त्रीले पनि आफनो तर्फबाट धारणा दिनुपर्ने बताइएको थियो । सोही कारण उनले आजै दिँउसो ४ वजे मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गदैछन् ।













त्रिशूलीमा माछा मार्ने क्रममा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुन सक्ने आशंका
President Paudel pays tributes to nation builder Prithvi Narayan Shah
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
धनुषामा चार हजार ५२७ निर्वाचन प्रहरी भर्ना गरिने
सिमलतालबाट त्रिशुलीमा खसेको बस डेढ वर्षपछि भेटियो
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया