कांग्रेस नेता कोइरालासँग आयोगले माग्यो जवाफ
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले प्रतिनिधिसभाको अघिल्लो निर्वाचनमा ६ करोड रुपैयाँ खर्च भएको अभिव्यक्ति दिएपछि निर्वाचन आयोगले उनीसँग जवाफ मागेको छ ।
‘विभिन्न सञ्चार माध्यममार्फत कोइरालाले दिनु भएको अभिव्यक्ति अनुसार ६ करोड रुपैयाँ खर्च भएको भन्ने आएकोले त्यसप्रति निर्वाचन आयोगको गम्भिर ध्यानाकर्षण भएको छ,’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘त्यस विषयमा के कसो भएको हो सात दिनभित्र आयोगमा जवाफ पठाउन आयोगले ध्यानाकर्षण गराएको छ ।’
केही दिनअघि कोइरालाले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा ६ करोड रुपैयाँ खर्च भएको बताएका थिए । त्यसपछि उनी विवादमा तानिएका थिए ।
२०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा आयोगले एक जना उम्मेदवारलाई २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने अधिकार दिएको थियो । उक्त प्रतिनिधि सभा निर्वाचनमा कोइराला नवलपरासी बर्दघाट सुस्ता पूर्वको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए ।
निर्वाचित भएपछि उनले आयोगमा पेश गरेको आफ्नो निर्वाचन खर्चको विवरणमा २१ लाख ७५ हजार रुपैयाँ पेश गरेको प्रवक्ता पौडेलले जनाए ।
















मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया