सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव
मेरोन्यूज
२०७८ चैत २८ गते १८:१०

काठमाडौँ । अर्थ मन्त्रालयले सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेको छ । अर्थतन्त्रको संकट टार्न मन्त्रालयले सरकारी कार्यालमा हुने इन्धनको खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।
अर्थ मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्माले सार्वजनिक बिदाको दिन सरकारी सवारी प्रयोग नगर्ने गरी प्रस्ताव मन्त्रिपरिषदमा पेश गरिएको बताए । पेट्रोलियम पदार्थको खपत २० प्रतिशत कम हुने गरी कटौती योजना बनाइएको उनले बताए ।
सर्वसाधारणलाई समेत पेट्रोलियम इन्धनको प्रयोग घटाउन आह्वान गर्ने गरी प्रस्ताव गरिएको उनले जनाए । भारतीय बजारमा पेट्रोलियम पदार्थको तस्करी रोक्ने विषयमा सरकार लागि परेको उनको भनाइ छ ।
सम्बन्धित
















नवीकरणीय ऊर्जाका लागि सशक्त कानुन बनाइँदै छ : मन्त्री सिन्हा
धनुषाका १९४ मतदानस्थल अतिसंवेदशनशील
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यातायात कार्यालय सुधारका लागि संसदीय समितिको १० बुँदे निर्देशन
दुई हजार एक सय जना एमालेमा प्रवेश
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
प्रतिक्रिया