नयाँ वर्षमा नेपाल टेलिकमको भव्य अफर

काठमाडौँ । नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले नयाँ अफर ल्याएको छ । विश्वभर रहेका नेपालीहरूले हर्षोल्लासका साथ पर्वका रुपमा मनाउने नयाँ वर्षको अवसरमा ग्राहकका लागि टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको अफर उपलब्ध गराएको हो ।
यो अफर भोलि अर्थात् चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म उपलब्ध हुनेछ । यो अफरअन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा ९८ रुपैयाँमा खरिद गर्न सकिने छ ।
यसका साथै दुई सयदेखि ४९९ रुपैयाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने एक जीबीको डाटा प्याक र पाँच सय तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक उपलब्ध गराइएको छ ।
यस अफरबाट सम्पूर्ण ग्राहक महानुभावहरू लाभान्वित हुने कम्पनीको विश्वास रहेको छ ।

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया