इलामको सूर्योदयमा तेस्रो सडक महोत्सव हुने

इलाम । कोरोना महामारीपछि बल्ल तङ्ग्रिन थालेको पर्यटनलाई टेवा दिन इलामको सूर्योदय नगरपालिकामा दुई दिने सडक महोत्सव हुने भएको छ ।
पर्यटकीय नगरीको रूपमा परिचित सूर्योदयमा नयाँ वर्ष २०७९ अवसरमा ‘तेस्रो सूर्योदय सडक महोत्सव’को आयोजना गरिने भएको हो ।
सूर्योदय होटेल व्यवसायी संघको आयोजना तथा स्थानीय आयाम युनाइटेड क्लब फिक्कलको व्यवस्थापनमा वैशाख १ र २ गते सडक महोत्सव हुने भएको छ । सडक महोत्सवले भर्खरै लयमा आउन थालेको पर्यटनको प्रवर्द्धनमा सहयोग पुग्ने आयोजकको विश्वास छ ।
सडक महोत्सवमा ३५ वटा स्टलहरू राखिने छन् । ती स्टलहरूमा स्थानीय जातीको खानाका परिकार सहित व्यावसायिक स्टलहरू समेत राखिने आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा ख्याति प्राप्त कलाकारसहित नाम चलेका ब्यान्डका प्रस्तुति हुने आयोजकका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए । करिब एक लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको महोत्सवमा राई, लिम्बु, लेप्चा, नेवार जातीका खानाका परिकार मुख्य आकर्षण हुनेछन् ।
‘कोरोना महामारी पछि पर्यटन क्षेत्र एकदमै खस्किएको छ, यो महोत्सवले पर्यटनलाई उठाउन योगदान गर्छ’, सूर्योदय होटेल संघका सचिव युवराज प्रधानले भने,‘महोत्सवका दिनमा मात्रै होइन त्यसपछि पनि यो महोत्सवले पर्यटक भित्र्याउन योगदान गर्छ भन्ने हामीलाई विश्वास छ ।’
सूर्योदय सडक महोत्सवमा आएका पर्यटकहरूलाई कन्याम, श्रीअन्तु, पशुपतिनगर, सिमपानी, करफोक, लाप्चा गुम्बा, पञ्चकन्या मन्दिर, गोर्खे लगायतका पर्यटकीय क्षेत्रका बारेमा जानकारी गराएर ती ठाउँको समेत पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने आयोजकले जानकारी दिएको छ ।












Over 3,500 election police being recruited in Sunsari
खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका नजाने
सुनसरीमा तीन हजार बढी निर्वाचन प्रहरी भर्ना गरिँदै
नेपालमा २७ देखि ४६ वर्ष समूहका युवाको औसत खर्चभन्दा आम्दानी बढी
Two die on the spot in jeep accident
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रतिक्रिया