एन आई सी एशिया बैंकको नयाँ वर्ष योजनाः २० प्रतिशतसम्म छुट तथा आकर्षक नगद फिर्ता

काठमाडौँ । नयाँ वर्ष २०७९ ले सम्पूर्ण ग्राहकहरूमा नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ एन आई सी एशिया बैंकले विभिन्न ई–कमर्शहरूबाट सामग्रीहरू किनमेल गरी डेबिट तथा क्रेडिट कार्ड मार्फत डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट योजना सार्वजनिक गरेको छ ।
यस आकर्षक योजना अन्तर्गत दराज बाट २०७८ चैत्र २८ देखि २०७९ वैशाख ७ सम्म, सस्तोडिल बाट २०७८ चैत्र २९ देखि २०७९ वैशाख ३ सम्म र ग्यापू बाट २०७८ चैत्र २५ देखि २०७९ वैशाख २ सम्म विभिन्न सामग्रीहरू खरिद गरी बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा छुट उपलब्ध हुनेछ ।
त्यसैगरी सिजी एलजी डिजीटल बाट २०७८ चैत्र ३० का दिन रू २०,००० भन्दा बढीको सामग्री खरिद गरी यस बैंकका ग्राहक महानुभावहरूले एइक् तथा ई-कमर्श मार्फत भुक्तानी गर्दा रू। २०७९ नगद फिर्ता हुने योजना समेत बैंकले ल्याएको छ ।
देशमा अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच नयाँ वर्षका बेला अझ वृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहक महानुभावहरूलाई प्रोत्साहन गर्नका निमित्त ई-कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक छुट व्यवस्था गरेको हो ।
यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको आइसर्भ मार्फत समयमै आफ्नो कार्डमा ई-कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सकिने बैंकले बताएको छ ।

















निर्वाचनका कारण रोकिएको बजार अनुगमन सुरु
समानुपातिकतर्फ रास्वपाले कटायाे ४९ लाख, अन्य दलकाे कति ?
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
प्रतिक्रिया