भरतपुर महानगरका एमालेलाई कांग्रेस नेताले दिए अग्रिम बधाई

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाका नेपाली कांग्रेस नेता सुबोध प्रधानले एमालेलाई बधाई तथा शुभकामना दिएका छन् । उनले महानगरको मेयरमा उठ्ने एमालेका उम्मेदवारलाई अग्रिम बधाई दिएका हुन् ।
‘मेयरको टिकट पाउने हुने एमालेका दाजु भाइलाई अग्रिम शुभकामना तथा बधाई…’ उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
सत्ता गठबन्धन दलहरूले भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रलाई दिने संकेत गरेसँगै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले विरोध जनाउँदै आएका छन् ।
आजै उक्त महानगरको २५ वटा कांग्रेस वडा सभापतिहरूले आफ्नै पार्टीबाट मेयरको उम्मेदवार उठ्नु पर्ने भन्दै शीर्ष नेताहरूलाई दबाब दिएका थिए ।
०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीले सहकार्य गरी उक्त महानगर माअोवादीलाई दिएको थियो । यस क्रममा माओवादीकी रेणु दाहाल विजयी भएकी थिइन् । यसपटक कांग्रेसले आफ्नै उम्मेदवार हुनु पर्ने चर्को माग राख्दै आएको छ ।

















युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध
नवीकरणीय ऊर्जाका लागि सशक्त कानुन बनाइँदै छ : मन्त्री सिन्हा
धनुषाका १९४ मतदानस्थल अतिसंवेदशनशील
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
दुई हजार एक सय जना एमालेमा प्रवेश
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
प्रतिक्रिया