मंगलबार, माघ १३, २०८२

राष्ट्रिय परिचयपत्रको अनलाइन इन्रोलमेन्टको काम राष्ट्रिय सभागृहबाट

मेरोन्यूज २०७८ चैत २९ गते १९:४७

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयबाट हुँदै आएको राष्ट्रिय परिचयपत्रको अनलाइन इन्रोलमेन्टको काम राष्ट्रिय सभागृहबाट हुने भएको छ । गृह मन्त्रालयले एक सूचना जारी गरी आगामी दिनमा उक्त काम राष्ट्रिय सभागृहबाट हुने जनाएको हो ।

सेवाग्राहीको सहजता एवं सुविधालाई मध्यनजर गर्दै आजदेखि उक्त सेवा राष्ट्रिय सभागृहबाट शुरु भएको हो । साथै विभिन्न जिल्लाका नागरिकहरूको लागि यसअघि नै तोकिएका जिल्ला प्रशासन कार्यालय, काठमाडौं, जिल्ला प्रशासन कार्यालय, ललितपुर र नारायणहिटी दरबार परिसर (साविकको राहदानी विभाग)मा स्थापना एवं सचालन गरिएका स्टेशनहरू यथावत सञ्चालन रहने व्यहोरा गरिएको छ ।

यसका लागि नेपाली नागरिकताको सकल प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेमा सो खुल्ने प्रमाणपत्र, बसाइँ सराइ गरेको हकमा सोको सक्कल प्रमाणपत्र, विवाहिताको हकमा नागरिकतामा पति वा पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र वा नाता खुल्ने प्रमाणको सक्कल, राहदानी लिएकाको हकमा सक्कल राहदानी (सकल संभव भएसम्म) साथमा लिएर जानु पर्ने जनाइएको छ ।

प्रतिक्रिया