नेपालको थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम

काठमाडौं । नेपालले थप दुई वटा देशसँग कुटनीतिक सम्वनध कायम गरेको छ । दक्षिण सुडान र बेलिजसँग नेपालले थप कुटनीतिक सम्वनध कायम गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले पछिल्लो समय थप दुई देश दक्षिण सुडान र बेलिजसँग कूटनीतिक सम्बन्ध जोडेको जानकारी दिइन् ।
उनका अनुसार सरकारले २९ मार्च २०२२ मा दक्षिण सुडान र २ अप्रिल २०२२ मा बेलिजसँग दौत्य सम्बन्ध कायम भएको हो । योसँगै नेपालले हालसम्म विश्वका १७६ वटा देशसँग कूटनीतिक सम्बन्ध जोडेको छ । प्रवक्ता लम्सालले रुस र युक्रेनबीच भएको युद्धको विषयमा अन्तर्राष्ट्रिय मञ्चहरुमा आएको प्रस्तावहरुमाथि सरकारले महत्वका आधारमा भोट गरेको बताइन् ।
उनले नेपालले राष्ट्र संघको निकाय भएको मतदानमा अहिलेसम्म भएका ४ भोट युक्रेनको पक्षमा हालेको पनि बबताइन् ।
प्रवक्ता लम्सालले भनिन्, ‘पछिल्लो समय रुस र युक्रेनबीच जोडिएका विषयहरु पनि धेरै आएका छन् । हामी मानव अधिकार परिषद्को सदस्य भएको हिसावले अहिले यूएनमा इमर्जेन्सी स्पेशल सेसन चलिरहेको छ । १७ औँ सेसन चलिरहेको छ । त्यसमा विभिन्न विषयमा छलफल पनि भइरहेको छ । त्यसमा नेपालले आफ्नो मत अभिमत, आफ्नो धारणा कन्ट्रीको पोजिशन, मन्तव्य, वक्तव्य सबै जारी गर्दै आएको छ । त्यसमास विभिन्न सवालमा हामीले हामीले मेरिटको आधारमा आफ्नो मतलाई जाहेर गर्दै, प्रकट गर्दै आएका छौँ । हामीले महत्वका आधारमा ४ वटा ठाउँमा हामीले युक्रेनको पक्षमा भोट गरेका छौँ । २९ मार्च २०२२ मा दक्षिण सुडान र २ अप्रिल २०२२ मा बेलिजसँग दौत्य सम्बन्ध कायम गरेका छौँ । अब १७६ मुलुकसँग हाम्रो कुटनीतिक सम्बन्ध कायम भएको छ ।’
प्रवक्ता लम्सालले पछिल्लो समय श्रीलंका र पाकिस्तानमा भएका घटनाक्रमलाई मन्त्रालयले नियालीरहेको र नेपालले त्यसबाट पाठ सिकेर अघि बढ्ने पनि बताइन् ।
नेपाल र पाकिस्तान दुवै देश दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन छिटो गर्ने पक्षमा रहेको पनि लम्सालको भनाइृ थियो ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया