टी–२० विजेता खेलाडीलाई जनही २ लाख पुरस्कार दिने सरकारको निर्णय

काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृंखला विजेता नेपाली टिमका खेलाडीहरु पुरस्कृत हुने भएका छन । चैत १४ देखि २१ गतेसम्म काठमाडौंमा भएको नेपाल, पपुवा न्युगिनी र मलेसियाबिचको श्रृखंलाको उपाधि बिजेता नेपाली खेलाडीहरु नगद राशीले पुरस्कृत हुने भएका हुन ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाली राष्ट्रिय टिमका खेलाडीह्रुलाई जनही २ लाख रुपौयाँले पुरस्कृत गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले श्रृंखला बिजेता खेलाडी तथा प्रशिक्षकहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
निर्णय अनुसार श्रृंखला खेलेका १६ खेलाडीले २–२ लाख नगद पुरस्कार पाउनेछन् भने मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नगद १ लाख ५० हजार तथा अन्य अफिसियलले जनही १ लाख रुपैयाँ प्राप्त गर्ने छन ।
युवा तथा खेलकुद मन्त्रालयले यसअघि समेत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका प्रतियोगितामा उपाधि हासिल गरेका तथा उप बिजेता हुन सफल भएका खेलाडीहरुलाई नगद राशीले पुरस्कृत गरीसकेको छ ।
















आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
आज चैत ८ गते आइतबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया