एनसीसी बैंक र नेपाल राष्ट्रिय नाई संघबिच सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी) बैंकले नेपाल राष्ट्रिय नाई संघको चौथो राष्ट्रिय सम्मेलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममा बैंकले वित्तीय साक्षरता अन्तर्गत बैंकिङ्ग कारोबार, बचतका फाइदा तथा क्यू.आर. कोडबाट हुने कारोबार सम्बन्धमा विस्तृत रुपमा जानकारी गराएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्रिय नाई संघमा आबद्ध देशै भरिका ७०० भन्दा बढी नाई सदस्यहरुको सहभागिता रहेको थियो । नेपाल राष्ट्रिय नाई संघमा आबद्ध नाईहरुलाई क्यू.आर कोड सेवा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौता समेत भएको छ ।
यस सम्झौता अन्तर्गत नेपाल राष्ट्रिय नाई संघमा आबद्ध भई क्यू.आर. कोड सेवा लिएका नाईलाई बैंकले उपलब्ध गराउने सेवा सुबिधामा उच्च प्राथमिकता दिने तथा शुल्कहरुमा आवश्यक छुट दिनेछ । सम्झौता पत्रमा बैंकका तर्फबाट नायव महा–प्रबन्धक मुकुन्द सुबेदी र नेपाल राष्ट्रिय नाई संघका तर्फबाट अध्यक्ष पल्टन ठाकुरले हस्ताक्षर गरेका छन् ।
नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी) बैंकले ग्राहकहरु माझ थुप्रै खालका सेवा सुविधाहरु ल्याउँदै आएको छ । बैंकले ल्याएका विभिन्न खालका नयाँ र आकर्षक सेवा सुविधाका कारण ग्राहकहरुको आकर्षण बढ्दो छ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
प्रतिक्रिया