युक्रेनको हमलामा रुसी मिसाइल क्रुजरमा आगो
किभ । युक्रेनको हमलामा रुसी युद्धपोत क्षतिग्रस्त भएको अनुमान गरिएको छ । हमलापछि निस्केको आगोका कारण रुसी मोस्कभा मिसाइल क्रुजर नराम्रोसँग क्षतिग्रस्त भएको हो ।
आगो लाग्नुअघि सो क्रुजरमा ठूलो विस्फोट भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । युक्रेनले यसअघि युद्धपोतलाई युक्रेनमा निर्मित नेप्च्युन मिसाइलले प्रहार गरेको दाबी गरेको थियो ।
युक्रेनी राष्ट्रपतिका सहयोगी ओलेक्सी अरेस्तोभिचले रुसी उद्धारकर्ताहरू क्रुजरमा पुग्न असफल भएको बताएका छन् । क्रुजरमा ५१० जना चालक दलका सदस्यहरू रहेको हुनसक्ने अनुमान गरिएको छ ।
“स्नेक टापुमा हाम्रा सीमा गार्डहरूले पठाएको स्थानमा क्षेप्यास्त्र क्रुजर मोस्कभा पठाइएको पुष्टि भएको छ‘, ओडेसा क्षेत्रीय गभर्नर म्याक्सिम मार्चेन्कोले आफ्नो टेलिग्राम पोस्टमा लेखेका छन् ।
उनले २४ फेब्रुवरीमा अरीमा रुसी आक्रमणको पहिलो दिन भएको घटनाबारे सन्र्दभ उल्लेख गरेका छन् ।
















नवीकरणीय ऊर्जाका लागि सशक्त कानुन बनाइँदै छ : मन्त्री सिन्हा
धनुषाका १९४ मतदानस्थल अतिसंवेदशनशील
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यातायात कार्यालय सुधारका लागि संसदीय समितिको १० बुँदे निर्देशन
दुई हजार एक सय जना एमालेमा प्रवेश
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
प्रतिक्रिया