रुपा गाउँपालिकाका अध्यक्ष ओझाले फिर्ता गरे गाडी
मेरोन्यूज
२०७९ वैशाख १ गते ८:०५

पोखरा । रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् । स्थानीय तहको आसन्न निर्वाचनमा उनको नाम एमालेबाट सिफारिस भएको छ ।
यद्यपी उम्मेद्वारको टुंगो लागेको भने छैन ।उनले प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगानालाई गाडीको चावी हस्तान्तरण गरेका हुन् । निर्वाचनलाई स्वच्छ बनाउनका लागि आफुले सरकारी गाडी प्रयोग नगरेको ओझाले बताए ।
‘रुपमा नेकपा एमालेको तर्फवाट अध्यक्षमा उठ्ने जानकारी गराउँदै आजवाट स्वच्छ निर्वाचनको मर्म र भावनालाइ कदर गर्दै सरकारी गाडी प्रयोग नगर्ने अठोट गरेको छु,’ उनले भने, ‘गाडीको चावी प्रमुख प्रशासकीय अधिकृत समक्ष हस्तान्तरण गरिएको जानकारी गराउन चाहन्छु ।’
जनताको विकासप्रतिको चाहना अझै पूरा गर्न बाँकी रहेकोले आफूले दोहोर्याउन लागेको ओझाको भनाई छ ।
सम्बन्धित
















देउवा–शेखर समूहकाे जिल्ला सभापतिहरूको भेला स्थगित
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु : पाँच लाख बढी विद्यार्थी सहभागी
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया