विप्लव नेतृत्वका दुई नेताले भेटे सीता दाहाललाई, गरे स्वास्थ्यलाभको कामना

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोला खुमलटार पुगेका छन् ।
उनीहरू बिहीबार बिहान नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्न खुमलटार पुगेका हुन् ।
आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका बारेमा छलफल गर्न गएका नेकपाका दुई नेताहरूले प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामना गरेका थिए ।
‘नयाँ वर्ष २०७९ को शुभकामनासहित हाम्रा बन्दीहरू रिहाइका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल,’ आफ्नो फेसबुकमा लेख्दै बास्तोलाले भने, ‘लामो समयदेखि बिरमी रहनुभएकी प्रचण्ड पत्नी सीता दाहलसँग भेट र शुस्वास्थ्यको कामन ।’
चुनावको पक्षमा रहेका नेकपाका अध्यक्ष विप्लव र खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको भोलिपल्ट उनीहरू प्रचण्डलाई भेट्न पुगेका हुन् ।
















लागूऔषधसहित दुई जना पक्राउ
लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
डेपुटी गभर्नर पण्डितले लिए शपथ
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया