विप्लव नेतृत्वका दुई नेताले भेटे सीता दाहाललाई, गरे स्वास्थ्यलाभको कामना

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोला खुमलटार पुगेका छन् ।
उनीहरू बिहीबार बिहान नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्न खुमलटार पुगेका हुन् ।
आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका बारेमा छलफल गर्न गएका नेकपाका दुई नेताहरूले प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामना गरेका थिए ।
‘नयाँ वर्ष २०७९ को शुभकामनासहित हाम्रा बन्दीहरू रिहाइका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल,’ आफ्नो फेसबुकमा लेख्दै बास्तोलाले भने, ‘लामो समयदेखि बिरमी रहनुभएकी प्रचण्ड पत्नी सीता दाहलसँग भेट र शुस्वास्थ्यको कामन ।’
चुनावको पक्षमा रहेका नेकपाका अध्यक्ष विप्लव र खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको भोलिपल्ट उनीहरू प्रचण्डलाई भेट्न पुगेका हुन् ।












अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची
रवि, बालेन र कुलमानबीच के के सहमति भए ?
गुरुङ समुदायमा आज तमु ल्होसार पर्व मनाइँदै
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया