माओवादी र कम्युनिष्ट शक्तिबीच एकताको आवश्यकता : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी र परिवर्तन चाहने सबै कम्युनिष्ट शक्तिबीच ध्रुवीकरणको आवश्यकता औँल्याएका छन् ।
खुमलटारमा आज आयोजित माओवादी ध्रुवीकरण र एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी क्रान्तिका लागि अघि बढ्ने परिवर्तन शक्ति बीच एकजुट हुन आग्रह गरे ।
प्रतिक्रियावादी शक्तिले जनयुद्ध कालमा समेत माओवादीलाई घेराबन्दी गर्ने, भ्रम छर्ने र सिध्याउने रणनीति लिएको उल्लेख गर्दै उनले अहिले पनि प्रतिक्रियावादी शक्तिहरु त्यही रणनीतिअन्तर्गत माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको बताए । पार्टीमा अन्तरविरोध भए पनि पार्टी विभाजन गल्ती भएको उनको भनाइ थियो ।
अध्यक्ष दाहालले अधुरो क्रान्ति पूरा गर्ने भन्दै विप्लव नेतृत्वको आन्दोलनमा सहादत प्राप्त गर्नेहरूलाई शहीदको घोषणा र जेलमा रहेका बन्दीको रिहाइका लागि आफूले पहल गर्ने बताए । सो अवसरमा नेकपा केन्द्रीय सदस्य हेमराज भट्टराईले जनयुद्धकै उपलब्धि खोस्न नदिन सचेत बन्न आग्रह गरेका थिए ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया