आइतबार, वैशाख ६, २०८३

भियतनाममा ५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउन सुरु 

मेरोन्यूज २०७९ वैशाख १ गते १९:२०

हनोइ, १ बैशाख ।  भियतनाममा ५ देखि ११ वर्षसम्मका बालबालिकाहरूलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।  देशको उत्तरी क्षेत्रमा पर्ने क्वाङ निन्ह प्रान्तमा बिहीबार पहिलो खोप लगाएर बालबालिकाहरूको खोप अभियान सुरु भएको हो ।  पहिलो खोप मोर्डना खोप लगाइएको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सो खोप अष्ट्रेलिया सरकारले प्रायोजन गरेको जनाइएको छ । बिहीबार झण्डै १५० विद्यालयका बालबालिकाहरूलाई खोप लगाइएको पनि अधिकारीहरूले जनाएका छन् । उनीहरूको सङ्ख्या झण्डै एक लाख ८१ हजार रहेको अनुमान गरिएको छ ।

  “कोरोना भाइरसको उच्च जोखिम भएको बर्गलाई उच्च प्राथमिकता दिएर खोप लगाउने रणनीति अनुसार बालबालिकाको पालो अहिले मात्रै आएको हो,” एक अधिकारीले भने ।   यसअघि विरामी, अशक्त र जेष्ठ नागरिकहरूलाई उच्च प्राथमिकता दिएर खोप अभियान चलाइएको थियो । 

प्रतिक्रिया