एमालेले पोखरा महानगरपालिकाको उम्मेदवार आन्तरिक चुनावबाट छान्ने

काठमाडौँ । पोखरा महानगरपालिकामा नेकपा एमालेबाट मेयरको उम्मेद्वार छनौट गर्न चुनाव हुने भएको छ । मेयर र उपमेयरको उम्मेद्वार चयन गर्न भोलि शुक्रबार दिउँसो १२ देखि १ बजेसम्म मतदान हुने भएको हो ।
सार्वजनिक निर्वाचन कार्य तालिकाअनुसार भोलि नै मत परिणाम सार्वजनिक हुने भएको छ । पोखराको मेयरका लागि एमालेबाट प्रदेश सांसद कृष्णबहादुर थापा, प्रदेश सांसद राजीव पहारी, प्रा. डा. विश्वकल्याण पराजुली, रश्मी आचार्य, भीम कार्की, मीनाकुमारी गुरुङ, सावित्री भण्डारी, बालसिंह काउछा मगर, दीपक पौडेल, पुष्पराज अधिकारी, पुष्पज्योति ढुंगाना र दर्शन लामाले आकांक्षी रहेका छन् । प्रदेशसभा सदस्य कृष्ण थापा पोखराका पूर्वमेयर हुन् ।
त्यस्तै, उपमेयरमा ११ जनाले आकांक्षी रहेका छन् । जसमा शुष्मा पौडेल, शोभामोहन पौडेल, बामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी (त्रिपाठी)लगायत रहेका छन् ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया