मंगलबार, माघ १३, २०८२

युक्रेनको आक्रमणमा परी रुसी युद्धपोत डुब्यो

मेरोन्यूज २०७९ वैशाख २ गते ९:२०

काठमाडौँ । रुसले युक्रेनमाथि हमला गरेको ५१ दिन बितिसकेको छ । यसैबीच, युक्रेनी आक्रमणको सिकार भएको रुसी युद्धपोत डुबेको छ ।

रुसी रक्षा मन्त्रालयले बिहीबार राति युक्रेनमा सैन्य कारबाहीका क्रममा नोक्सान भएपछि युद्धपोत मोस्कभा ब्ल्याक सागरमा डुबेको बताएको छ । जहाज तान्ने क्रममा सन्तुलन गुमाउँदा डुबेको समाचारमा जनाइएको छ ।

युक्रेनको दक्षिणी सैन्य कमाण्डले बुधबार गरेको दाबीअनुसार नेप्च्युन एन्टी शिप मिसाइलद्वारा रूसी युद्धपोत मोस्क्वालाई ध्वस्त पारेको हो । आक्रमणपछि यो डुब्न थाल्यो र चालक दल जहाज त्याग्न बाध्य भएका थिए ।

तर, रुसले युद्धपोतमा मिसाइल हमला भएको खण्डन गरेको छ । रुसले युद्धपोतमा आगलागी कसरी भयो भन्नेबारे अनुसन्धान गरिने जनाएको छ ।

युक्रेनका सबै क्षेत्रमा रुसले एकैसाथ हवाई हमलाको चेतावनी दिइएको छ । किभ इन्डिपेन्डेन्टका अनुसार राजधानी किभमा शुक्रबार बिहान विस्फोट भएको जानकारी प्राप्त भएको थियो । एकपछि अर्को ३ वटा विस्फोट भएका छन् । एजेन्सी

प्रतिक्रिया