सिवाइसी नेपालको आइपिओको बिक्री खुला

काठमाडौँ । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता सय अंकित तीन करोड ९५ लाख ३३ हजार ६०० बराबरका तीन लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले कूल निष्काशनमध्ये पाँच प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता शेयर सामूहिक लगानी कोष र जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् छ हजार ८२ कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने तीन लाख ६९ हजार ४८८ कित्ता शेयर सर्वसाधारणलाई छुट्याइएको छ ।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । साथै निष्काशन गरिएको शेयर खरिदका लागि यही वैशाख ६ गतेसम्म आवेदन दिन सकिने र सो समयावधिसम्म मागबमोजिम आवेदन नआए वैशाख १६ गतेसम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतप्राप्त गरेका सम्पूर्ण सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनबाट ‘मेरो शेयर’ प्रयोग गरेर आवेदन दिन सकिने कम्पनीको सार्वनजिक सूचनामा उल्लेख छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर रेटिङ संस्था केयर नेपाल लिमिटेडले ‘केयर एनपी बिबी माइनस इस्युअर’ रेटिङ प्रदान गरेको छ ।

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
प्रतिक्रिया