ललितपुर महानगरको मेयरमा कांग्रेसबाट ७ जना सिफारिस, को–को परे ?

काठमाडौँ । ललितपुर महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसबाट सात जनाको नाम सिफारिस भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिएसँगै ललितपुर कांग्रेसले सात जनाको नाम सिफारिस गरेको हो ।
पार्टीको महानगर कार्य समितिको बैठकले कांग्रेसबाट ललितपुर महानगरको मेयर पदमा सात जना सिफारिस गरेको हो । कार्य समिति बैठकअनुसार मेयरमा सिफारिस हुनेहरूमा हालका मेयर र उपमेयरसम्म रहेका छन् ।
कांग्रेस ललितपुर महानगर कार्यसमितिले सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, अहिलेका मेयर चिरीबाबु महर्जन, अहिलेको उपमेयर गीता सत्याल, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो ।
महानगरमा मेयरको उम्मेदवारको टुंगो कांग्रेस केन्द्रीय कार्य समितिले लगाउने छ । कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरिसकेको छ ।
आज दिउँसो १ बजे कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक बस्ने भएको छ ।
















नवीकरणीय ऊर्जाका लागि सशक्त कानुन बनाइँदै छ : मन्त्री सिन्हा
धनुषाका १९४ मतदानस्थल अतिसंवेदशनशील
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यातायात कार्यालय सुधारका लागि संसदीय समितिको १० बुँदे निर्देशन
दुई हजार एक सय जना एमालेमा प्रवेश
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
प्रतिक्रिया