अर्जुन दासको हत्या आरोपी चार जना पक्राउ

काठमाडौँ । गत पुस ३ गते कैलालीको जानकी गाउँपालिका ९ अमरावती सामुदायिक वनमा घाँटी रेटेर अर्जुन दासको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । मोबाइल चोरी गरेको आरोपमा चार जना मिलेर दासको हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्या आरोपमा प्रहरीले १९ वर्षीय सुमित साउद, १९ वर्षीय बमे भन्ने बम बहादुर बोहोरा, १९ वर्षीय रोनी परियार भन्ने दिलिप दास र १९ वर्षीय मनोज भण्डारीलाई पक्राउ गरेको हो । उनीहरू सबै मृतक दासकै ठाउँका हुन् ।

उनीहरूले लागु पदार्थ सेवन गरी कुटपिट गर्दै अर्जुनलाई घाइते बनाएका थिए । पछि उनीहरूले साजको रूखमा बाँधेर अर्जुनको घाँटी रेटी हत्या गरेका थिए । उनीहरूलाई रुपन्देही सिदार्थ नगरपालिका १ बेलहिया सिमानाकाबाट गोप्य सूचनाको आधारमा पक्राउ गरेका प्रहरीले जनाएको छ ।
उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरिएको छ ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया